भारतीय विदेशमन्त्रीले गरे युरोपियन युनियन र अमेरिकासँग कुराकानी

काठमाडौँ । भारतीय विदेश मन्त्री डा.एस जयशंकर पाकिस्तानले गरेको आक्रमणबारे अन्तर्राष्ट्रिय निकायसँग कुराकानी गरेका छन् ।

उनले आफ्नो सामाजिक सञ्जाल एक्समा पाकिस्तानले भारतमाथि गरेको आक्रमणबारे युरोपियन युनियन र अमेरिकी विदेशमन्त्रीसँग कुराकानी गरेको बताएका छन् ।

उनले आतङ्कवादीविरुद्ध भारतले कडा जवाफ दिने बताएका छन् । उनले लेखेका छन्, ‘भारतले आफ्ना कदमहरूमा संयमता देखाएको छ। तर, हामीविरुद्धको कुनै पनि उत्तेजित कारबाहीको कडा प्रतिक्रिया दिनेछौँ ।’

प्रतिक्रिया
    ट्याग: