भारतसँगको युद्धका लागि पाकिस्तानले माग्यो आर्थिक सहयोग

काठमाडौँ । भारतसँगको युद्ध परिस्थिति पछि पाकिस्तानले आफ्ना अन्तर्राराष्ट्रिय साझेदारहरूसँग आर्थिक सहयोगको माग गरेको छ ।

पाकिस्तानको इकोनोमिक अफेयर्स डिभिजनले सूचना जारी गर्दै भनेको छ, ‘शत्रुबाट भएको ठूलो नोक्सानीपछि पाकिस्तान सरकार अन्तर्राष्ट्रिय साझेदारहरूलाई थप ऋणका लागि अपील गर्छ । युद्ध चर्कंदै जाँदा र सेयर बजार ध्वस्त हुँदा, हामी अन्तर्राष्ट्रिय साझेदारहरूलाई तनाव न्यूनीकरण गर्न सहयोगका लागि आग्रह गर्दछौं ।’

पाकिस्तान पछिल्लो समय ठूलो आर्थिक संकटबाट जुझिरहेको छ । यस अवस्थामा भारतसँगको युद्धस्थितिले पाकिस्तानलाई थप आर्थिक भार पर्ने हुँदा पाकिस्तानले सहयोगका लागि अपिल गरेको देखिन्छ ।

गत २२ अप्रिलमा भारतको पहलगाममा भएको आक्रमण पछि भारतले अपरेशन सिन्दुर चलाएको थियो । जसमा पाकिस्तानस्थित ९ आतङ्की क्षेत्रमा भारतले आक्रमण गरेको थियो । उक्त आक्रमणको जवाफ स्वरुप बिहीवार राति पाकिस्तानले भारतको जम्मू–काश्मिर, पञ्जाब र राजस्थानका विभिन्न क्षेत्रमा ड्रोन आक्रमण गरेको थियो ।

प्रतिक्रिया