पाकिस्तानसँग सीमा जोडिएका भारतका विभिन्न राज्यमा ब्ल्याकआउट

काठमाडौँ । भारत–पाकिस्तान तनावकाबीच पाकिस्तानसँग सीमा जोडिएका भारतीय राज्यहरूमा ब्ल्याकआउट गरिएको छ ।

बीबीसीका अनुसार बिहीवार राति राजस्थानको बाडमेर र जैसलमेरमा ड्रोन आक्रमण भएकाले शुक्रवार प्रशासनले नयाँ निर्देशिका जारी गर्दै १२ घन्टाका लागि ब्ल्याकआउट गरेको हो ।

प्रशासनले बाडमेर र जैसलमेरका व्यापारीलाई साँझ ५ बजेदेखि व्यापार÷प्रतिष्ठान बन्द गर्न भनेको छ । दुबै जिल्लामा साँझ ६ बजेदेखि बिहान ६ बजेसम्मका लागि ब्ल्याकआउट हुनेछ । साथै उक्त समयमा घरबाट बाहिर ननिस्कन पनि अपिल गरिएको छ ।

त्यस्तै बिकानेर, श्रीगंगानगर र फलौदी जिल्लामा साँझ ७ बजेदेखि बिहान ६ बजेसम्मका लागि ब्ल्याकआउट गरिएको छ भने बाडमेरमा सवारीसाधन रातिको समयमा आवागमनमा रोक लगाइएको छ । त्यस्तै सुरक्षा क्षेत्रभन्दा ५ किलोमिटरको दुरीमा पूर्ण रुपले प्रवेश निषेध गरिएको छ ।

त्यस्तै जोधपुरमा पनि ब्ल्याकआउट सम्बन्धी नयाँ नियम लागू गरिएको छ ।

यता, पञ्जाब र गुजरातमा पनि हाई एलर्ट जारी गरिएको छ ।

प्रतिक्रिया