युद्धविराम पछि पाकिस्तानी प्रधानमन्त्रीले भनेः भारतले पहलगामको बहानामा आक्रमण सुरु गरेको थियो

काठमाडौँ । पाकिस्तानका प्रधानमन्त्री शहवाज शरिफले भारतसँगको युद्धविराम पछि पहिलोपटक देशका नाममा सम्बोधन गरेका छन् ।
शनिवार भारतसँग युद्धविराम पछि देशवासीका नाममा सम्बोधन गर्दै उनले भारतले ड्रोन र मिसाइल आक्रमण गरेर पाकिस्तानका नागरिकलाई लक्षित गरेर आक्रमण गरेको आरोप लगाए ।
उनले पहलगाम आक्रमणको बहाना बनाएर भारतले पाकिस्तानको आर्मी क्याम्प र सर्वसाधारणको बसोबास गर्ने क्षेत्रमा आक्रमण गरेको आरोप पनि लगाए । उनले पाकिस्तानले भारतको सबै प्रयास असफल बनाएको भन्दै पाकिस्तानी सेनालाई धन्यवाद दिए ।
साथै उनले युद्धविरामका लागि चीन, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र अन्य खाडी मुलुकलाई धन्यवाद दिए ।
प्रतिक्रिया






