शिव सेना नेपालका अध्यक्ष अनिल बस्नेत पक्राउ

काठमाडौं । शिव सेना नेपालका अध्यक्ष अनिल बस्नेतलाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रवक्ता एसपी अपिलराज बोहराले सुकेधाराबाट उनलाई पक्राउ गरिएको हो ।

बस्नेत राजावादीले गत चैत १५ मा तीनकुनेमा आयोजना गरेको प्रदर्शनका क्रममा भएको हिंसात्मक घटनामा संलग्न रहेको भन्दै पक्राउ गरिएको पनि बोहराले बताए ।

उनीविरुद्ध यसअघि नै पक्राउ पुर्जी जारी भए पनि फरार भएका थिए ।

प्रतिक्रिया