टिपरको ठक्करबाट वृद्धको मृत्यु

सिरहा। यहाँको मिर्चैया–कटारी सडकखण्डअन्तर्गत मिर्चैया नगरपालिका–७ स्थित फूलबरिया खण्डमा आज टिपरको ठक्करबाट एक जनाको मृत्यु भएको छ । चुनढुङ्गा बोकेको टिपरको ठक्करबाट स्थानीय ६५ वर्षीय महेन्द्र महराको मृत्यु भएको इलाका प्रहरी कार्यालय मिर्चैयाले जनाएको छ ।

उदयपुरबाट चुनढुङ्गा बोकेर तीव्र गतिमा आएको बा प्र ०१–००४ क २९५३ नम्बरको टिपरले ठक्कर दिँदा महराको घटनास्थलमै मृत्यु भएको मिर्चैया प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक राज पुरीले जानकारी दिए।

ठक्कर दिएको टिपर असन्तुलित भएर सोही स्थानबाट सडकमुनि पल्टिएको छ । टिपर चालक भने फरार भएका छन् ।

प्रतिक्रिया