अमेरिकाले शक्तिशाली रक्षा प्रणाली निर्माण गर्ने

काठमाडौँ । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायलभन्दा पनि शक्तिशाली रक्षा प्रणाली निर्माण गर्ने घोषणा गरेका छन् ।
उनले अमेरिकाको भविष्यका लागि ‘गोल्डन डोम’ मिसाइल डिफेन्स सिस्टम बनाउका लागि डिजाइन पनि छनोट भइसकेको बताए ।
साथै उनले यो सिस्टम उनको कार्यकालको अन्तिमसम्म निर्माण भइसक्ने पनि बताए ।
जनवरीमा व्हाइट हाउस फर्किएको केही समयपछि नै ट्रम्पले उक्त सिस्टमबारे आफ्नो योजना प्रस्तुत गरेका थिए ।
गोल्डन डोमको उदेश्य अमेरिकामाथि हुने हवाई आक्रमणको खतराविरुद्ध लड्नका लागि रहेको उनले प्रष्ट पारे । यो सुरक्षा प्रणाली ब्यालेस्टिक र क्रूज मिसाइलसँग पनि लड्न सक्छ ।
उक्त सिस्टमका लागि २५ अर्ब डलरको बजेट छुट्याइएको छ ।
प्रतिक्रिया






