एक वर्षे समीक्षापछि जनमत पार्टीको मन्त्री फेरबदल

जनकपुरधाम । जनमत पार्टीले मधेश प्रदेश सरकारमा प्रतिनिधित्व गर्ने दुई मन्त्रीलाई फिर्ता बोलाएर नयाँ अनुहारलाई जिम्मेवारी दिने निर्णय गरेको छ।

पार्टी प्रवक्ता डा। शरदसिंह यादवका अनुसार ई। बसन्त कुशवाहा उद्योग तथा पर्यटन मन्त्रालय र सञ्जय यादव वन मन्त्रालयको जिम्मेवारी पाउने भएका छन्।

यसअघि उद्योग तथा पर्यटन मन्त्रालय सम्हाल्दै आएका सकिल मिया अन्सारी र वन मन्त्रालयका मन्त्री त्रिभुवन साहलाई फिर्ता बोलाइएको हो।

प्रवक्ता यादवले एकवर्षे कार्यकालको समीक्षा गरी मन्त्री फिर्ता बोलाइएको जानकारी दिँदै पार्टीको मूल्यांकनका आधारमा नयाँ व्यक्तिलाई अवसर दिने निर्णय भएको बताए।

जनमत पार्टी मधेश सरकारको नेतृत्व गरिरहेको छ।

प्रतिक्रिया