हार्वर्ड विश्वविद्यालयमा अन्तर्राष्ट्रिय विद्यार्थीहरुको भर्ना कार्यक्रम रद्द

काठमाडौँ । ट्रम्प प्रशासनले हार्वर्ड विश्वविद्यालयमा अन्तर्राष्ट्रिय विद्यार्थीहरुलाई रोक लगाउने निर्णय गरेको छ ।

अमेरिकी गृह सुरक्षा मन्त्री क्रिस्टी नोएमले सामाजिक सञ्जाल एक्समा अमेरिकाको सबैभन्दा पुरानो हार्वर्ड विश्वविद्यालयमा अन्तर्राष्ट्रिय विद्यार्थीहरुको भर्नामा रोक लगाइएको जानकारी दिएका छन् । उनले लेखेका छन्, हार्वर्डले कानूनको पालना नगरेका कारण अन्तर्राष्ट्रिय विद्यार्थीहरुको भर्ना कार्यक्रम रद्द गरिएको हो ।

उनले हार्वर्डमाथि सरकारको यो कदम देशमा रहेका अन्य विश्वविद्यालयहरुका लागि चेतावनी रहेको पनि बताए ।

हार्वर्ड विश्वविद्यालयले भने सरकारको उक्त कदमलाई गैरकानूनी बताएको छ ।

हार्वर्डमा विश्वभरका १४० देशका विद्यार्थीहरु अध्ययनका लागि पुग्ने गर्छन् ।

प्रतिक्रिया