ट्रम्पले पुटिनलाई भने: ‘सन्की’

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसी राष्ट्रपति भ्लादिमीर पुटिनलाई सन्की भनेका छन् ।
यूक्रेनमाथि रूसले लगातार गरिरहेको आक्रमणप्रति आक्रोश व्यक्त गर्दै ट्रम्पले पुटिनलाई सन्की भनेका हुन् ।
बीबीसीका अनुसार ट्रम्पले रुसमाथि थप प्रतिबन्ध लगाउने पनि तयारी गरिरहेका छन् ।
ट्रम्पले आफ्नो ट्रुथ सोसल एकाउन्टमा लेखेका छन्, ‘पुटिनसँग मेरो सँधै राम्रो सम्बन्ध रहेको छ । तर, मलाई लाग्छ उनलाई केही भएको छ ।’
ट्रम्पले पुटिनलाई सन्की बताउँदै लेखे, ‘बिना कारण उनी मानिसहरूको हत्या गरिरहेका छन् र म सेनाको मात्रै कुरा गरिरहेको छैन । बिना कुनै कारण यूक्रेनका मिसाइल र ड्रोन आक्रमण भइरहेको छ ।’
प्रतिक्रिया






