स्वास्थ्य तर्फ सरकारले छुट्यायो ९५ अर्ब ८१ करोड बजेट

काठमाडौँ । सरकारको निरोगी नेपाल अभियानलाई निरन्तरता दिने भएको छ ।

आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै अर्थमन्त्री विष्णु पौडेलले स्वास्थ्य बीमा कार्यक्रमका लागि १० अर्ब बिनियोजन गरिएको भन्दै बीमाका लागि भुक्तानी गर्न बाँकी रहेको रकम चालु आर्थिक वर्षमा फर्छ्यौँट गरिने बताए ।

साथै सबै प्रदेशका जलन अस्पतालको स्थापना गर्ने, स्वास्थ्य सेवामा सबैको पहुँचका लागि टेलिमेडिशिनको प्रयोग गरिने पनि सरकारले बताएको छ ।

टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालालाई अन्तर्राष्ट्रिय स्तरको बनाउनका लागि स्तरोन्नती गरिने छ ।

स्वाथ्स्य क्षेत्र तर्फ सरकारले आगामी आर्थिक वर्षका लागि ९५ अर्ब ८१ करोड बजेट विनियोजन गरिएको छ ।

प्रतिक्रिया