मनसुनमा बालबालिकालाई रोग लाग्न नदिन के गर्ने ?

यस वर्षको मनसुन नेपाल भित्रिसकेको छ । मनसुन विस्तारै सक्रिय हुँदै वर्षा हुने क्रम पनि विभिन्न क्षेत्रमा बढेको छ । मनसुनका कारण नेपालका अधिकांश क्षेत्रमा पानी परिरहँदा विभिन्न रोगका सङ्क्रमण समुदाय स्तरमै फैलिने जोखिम उच्च हुन्छ ।

विशेषगरी मनसुनमा बालबालिकाको स्वास्थ्यबारे सचेत नभए यो मौसममा विभिन्न सङ्क्रमण हुने गर्छ ।

पानीका कारण हुने झाडापखाला, टाइफाइट, जन्डिस, भाइरल ज्वरो, निमोनिया, हैजा जस्ता सङ्क्रमणले यो मौसममा बालबालिकालाई सहजै सङ्क्रमण गर्छ ।

साथै, रुघाखोकी श्वासप्रश्वास सम्बन्धी समस्याले पनि यो मौसममा धेरै बालबालिकालाई दुःख दिइरहेको हुन्छ ।

बालरोग विशेषज्ञ डा. आन्या शर्माले यस्तो मौसममा बालबालिकालाई कसरी सुरक्षित राख्ने भनेर केही सुझाव दिएकी छन् । जानौं डा. शर्माका सुझावहरू :—

झाडा पखाला निरन्तर हुने वर्षाले हामी खानेपानीमा विभिन्न फोहोरहरू मिसिन सक्छन् । जसमा झाडापखालाका जिवाणु पनि हुनसक्छ । त्यस्तो पानी बालबालिकाले खाएमा उनीहरू सङ्क्रमित हुन्छन् । निम्न लक्षण देखिए झाडापखाला भएको हुनसक्छ :

पातलो दिसा गर्ने ।
वान्ता हुने ।
शरीरमा पानीको मात्रा कमी हुने ।

टाइफाइटका लक्षण:

उज्च ज्वरो हुने ।
दुई तीन दिनसम्म ज्वरो आउँदा पनि अरु केहि लक्षण नदेखिने ।
निरन्तर पखाला लाग्ने ।
कसैकसैलाई पेट दुख्ने ।
कसैलाई वान्ता हुने ।

जन्डिसका लक्षण:

जीउ आलश्य हुने ।
खान मन नलाग्ने ।
वाक वाक लाग्ने ।
अलिदिनपछि आँखामा पहेँलो देखिने ।
पिसाब पेहेँलो आउने ।

रोकथामका उपाय :

घर र वरपरको सरसफाईमा ध्यान दिने ।
बालबालिकालाई पनि सफा राख्ने ।
पानी उमालेर वा निर्मलीकरण गरेर मात्रै खाने ।
बाहिरको खाने कुरा नखाने ।
बासी खाना नखाने ।
सफा खाना मात्रै खाने ।
खाना खानु अगाडि बच्चालाई राम्रोसँग हात धुन लगाउने ।
झाडापखाला भएमा जीवनजल खान दिने ।
प्रशस्त पानी खान दिने, जसले शरीरमा पानीको मात्रा पुरा गर्छ ।

यति गर्दा पनि कम भएन भने तुरुन्त अस्पताल लैजाने ।

उपचार: झाडापखाला लागेमा जीवनजल खुवाउने । के कारणले झाडापखाला भएको हो सो अनुसार उपचार गर्नुपर्छ । डापखालासहित इन्फेक्सन छ भने एन्टिबायोटिक दिनुपर्ने हुन्छ ।

सुझाव : यो मौसममा स्वास्थ्य र सरसफाई सम्बन्धी साधारण कुरामा पनि अविभावकले ध्यान दिनुपर्छ । कहिलेकहि रुघाखोकी, झाडापखालाले जटिल रुप पनि लिने हुनाले सधै सचेत रहने ।

वर्षातको पानीमा धेरै प्रकारका किटाणु हुने भएकाले बालबालिकालाई उमालेको पानी मात्रै प्रयोग गर्न दिने ।

प्रतिक्रिया