बुधबार प्रदेश २ मा सार्वजनिक बिदा

जनकपुरधाम । विवाहपञ्चमीको अवसरमा प्रदेश २ सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

त्रेता युगमा अयोध्याका राजकुमार भगवान राम र मिथिलाकी राजकुमारी सीताको विवाह भएको स्मरणमा मनाईने विवाह पञ्चमी महोत्सवको अवसरमा प्रदेश–२ सरकारले मङ्सिर २२ गते (बुधबार) सार्वजनिक बिदा दिएको हो।

प्रदेश सरकार मन्त्रिपरिषद्को २०७८ साल वैशाख १ गतेको निर्णयअनुसार रामजानकी विवाह महोत्सवमा सार्वजनिक बिदा दिइएको छ ।

त्यस्तै जनकपुरधाम उपमहानगरपालिकाले पनि विवाह पञ्चमी महोत्सवलाई दृष्टिगत गरी नगरका सामुदायिक तथा निजी विद्यालयमा तीन दिनसम्म सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

नगरका सम्पूर्ण सामुदायिक तथा निजी विद्यालयहरु भोली (मंगलबार) देखि बिहीबारसम्म बन्द रहने जनकपुरधाम उपमहानगरपालिकाका शिक्षा, युवा तथा खेलकुद महाशाखाका प्रमुख मेहिलाल यादवले जानकारी दिए।

प्रतिक्रिया
नागरिक मिरर