सिरहाको अर्नमामा एकजनाको शव भेटियो

सिरहा । सिरहाको अर्नमा गाउँपालिका १ मा एकजना पुरुषको शव फेला परेको छ ।
स्थानीय रामसेवक महराका छोरा अन्दाजी ३० वर्षीय अजय महराको शव घाँटीमा गम्छा बेरिएको अवस्थामा आज बिहान घर अगाडि नै फेला परेको हो । कुटपिट पछि घिसारेर उनको हत्या गरेको हुन सक्ने अनुमान गरिएको छ ।
सिरहाका प्रहरी प्रवक्ता डिएसपी बिरेन्द्र पासवानले महराको शव फेला परेको र मृत्यू कसरी भएको विषयमा अनुसन्धानका लागि मुचुल्का उठाएर काम सुरु गरिएको बताए ।
प्रतिक्रिया






