अबदेखि शिक्षा विषय नपढेकाले पनि शिक्षक अध्ययन अनुमति पत्रको जाँच दिन पाउने

काठमाडौं । अबदेखि शिक्षा विषय नपढेकाले पनि शिक्षक अध्ययन अनुमति पत्र (लाइसेन्स) को जाँच दिन पाउने भएका छन् ।

प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको आइतवार बसेको बैठकमा शिक्षक अध्ययन अनुमतिपत्र (लाइसेन्स) राख्ने सहमति भएको छ । योसँगै विद्यालय तहको शिक्षक हुन शिक्षा संकाय बाहेक अरु पढेकाले पनि अवसर पाउने सहमति जुटेको हो ।

शिक्षक सेवा आयोगले लिने लाइसेन्सको परीक्षा भने अनिवार्य गरेको छ ।

प्रत्येक शिक्षकले पाठ्यक्रम परिवर्तन गर्दा वा प्रत्येक पाँच वर्षमा सरकारले तोकेको पुर्नताजकी तालिम लिइ शिक्षकलाई अध्यावधि गर्नु पर्ने व्यवस्था समितिले पारित गरेको हो ।

प्रतिक्रिया