आन्दोलनरत चिकित्सकका माग सम्बोधन गर्न सांसद शर्माको माग

काठमाडौँ । सांसदहरुले आन्दोलनरत चिकित्सकको मागप्रति गम्भीर हुन सरकारको ध्यानार्कषण गराएका छन् ।

प्रतिनिधि सभाको सोमवार बसेको बैठकमा उपलब्ध आकस्मिक समयमा सांसद डा.सुनिलकुमार शर्माले देशभरको सरकारी अस्पतालको सेवा प्रभावित हुँदा सेवाग्राही मारमा परेकोबारे सभामुखमार्फत सरकारको ध्यानार्कषण गराए ।

उपभोक्ता अदातलसम्बन्धी विषयमा असन्तुष्टि जनाउँदै नेपाल चिकित्सक सङ्घले घोषणा गरेको आन्दोलनले बहिरङ्ग (ओपिडी) सेवा बन्द हुँदा बिरामीहरु मर्कामा परेको उनको भनाइ छ ।

आन्दोलनरत चिकित्सकहरुको मागप्रति गम्भीर हुन सरकारसँग आग्रह गर्दै सांसद डा. शर्माले चिकित्सकको दरबन्दी बढाउनसमेत माग गरे ।

“मेडिकल काउन्सिलमा परीक्षा दिएर शल्यक्रियाको अधिकार दिने र त्यो चिकित्सकको शल्यक्रिया ठीक छ छैन भनेर निर्णय गर्न दिने उद्योग मन्त्रालयअन्र्तगत बनेको कानुन र नन–मेडिकल मान्छेहरुले गर्ने ?”, सांसद डा. शर्माले भने, “चिकित्सकको काम कारबाहीका बारेमा यसरी निर्णय गर्ने विषय लजास्पद र दुखद् हो ।”

प्रतिक्रिया