ससुराको हत्या गरेर फरार भएका ज्वाइँ पक्राउ

जनकपुरधाम । आफ्नै ससुराको हत्या गरेर फरार भएका ज्वाइँलाई धनुषा प्रहरीले पक्राउ गरेको छ ।
गत असार १८ गते बिहान जनकपुरधाम उपमहानगरपालिका–१५ कुवारामपुर बस्ने ६५ वर्षीय बासुदेवप्रसाद साहको हत्या उनकै ज्वाइँ जनकपुरधाम-२१ कुर्थाका ४८ वर्षीय बेचन महासेठले गरेको आरोपमा पक्राउ परेका हुन् ।
घटनाको एकसातापछि मङ्गलवार धनुषाको जनकनन्दनी गाउँपालिकास्थित रेल्वे स्टेशनबाट महासेठलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरीक्षक नरहरि रेग्मीले जानकारी दिए ।
महासेठलाई छुरासहित आज जिल्ला प्रहरी कार्यालय धनुषाले सार्वजनिक गरेको छ ।
एसपी रेग्मीका अनुसार महासेठले घरायसी विवादमा ससुराको पेटमा चारपट छुरा प्रहार गरेका थिए । मृतक बासुदेव जनकपुरधाम उपमहानगरपालिकाका मेयर मनोज साहका काका हुन् ।
प्रतिक्रिया






