तेलुगु चलचित्र जगतका दिग्गज कलाकार श्रीनिवासको निधन

काठमाडौँ । भारतीय तेलुगु चलचित्र जगतका दिग्गज कलाकार कोटा श्रीनिवास रावको निधन भएको छ ।

उनको हैदरावादको जुबली हिल्सस्थित आफ्नै निवासमा ८३ वर्षको उमेरमा निधन भएको बताइएको छ ।

आन्ध्रप्रदेशका मुख्यमन्त्री चन्द्रबाबु नायडूले उनको निधनप्रति दुःख व्यक्त गरेका छन् ।

श्रीनिवासले तेलुगु बाहेक अन्य विभिन्न भाषामा पनि काम गरेका छन् ।

प्रतिक्रिया