काँग्रेस १४ औं महाधिवेशन : मनोनयन सकियो, कुन पदमा कतिजनाले दिए मनोयन ? विस्तृत विवरणसहित

काठमाडौं । नेपाली काँग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत मनोयन दर्ताको काम सकिएको छ । शनिवार साँझ ५ बजेसम्म काँग्रेसको १४ महाधिवेशनबाट नयाँ नेतृत्त्व चयनका लागि पदाधिकारीसहितका विभिन्न पदमा मनोनयन दर्ता सकिएको छ ।

सभापतिमा वर्तमान सभापतिसहित ६ जनाले मनोनयन दर्ता गरेका छन् । जसमा सभापति शेरबहादुर देउवा, प्रकाशमान सिंह, डा. शेखर कोइराला, विमलेन्द्र निधि, कल्याण गुरुङ र युवराज न्यौपाने रहेका छन् ।

उपसभापतिमा ७ जनाको उमेदवारी परेको छ । निर्वाचन समितिकाअनुसार महेश आचार्य, सुजाता कोइराला, डा. चन्द्र भण्डारी, धनराज गुरुङ, दिव्यश्वरी साह, पूर्णबहादुर खड्का र विजय कुमार गच्छदारले उपसभापतिमा उमेदवारी दिएका छन् ।

यसैगरी महामन्त्रीमा ६ जनाले उम्मेदवारी गगनकुमार थापा, डा. मिनेन्द्र रिजाल, विश्वप्रकाश शर्मा, डा. राजाराम कार्की, प्रदिप पौडेल, डा. प्रकाशशरण महत गरी ६ जनाको उमेदवारी परेको छ ।

सह–महामन्त्रीमा २० जनाले मनोनयन दर्ता गराएका छन् । जसअन्तर्गत मानबहादुर विश्वकर्मा (दलित), बद्री पाण्डे (पिछडिएको), फरमुल्लाह मंसुर (मुस्लिम), सुरेन्द्रप्रसाद चौधरी (थारु), देवराज चालिसे (खसआर्य), रंजित कर्ण (मधेशी), रामकृष्ण यादव(मधेशी), कमला पन्त (महिला), तेजुलाल चौधरी (थारु), किशोर सिंह राठोर(खसआर्य), विकास लामा(आदिवासी जनजाति), जीवन परियार (दलित), गंगा सुनार(दलित), महेन्द्र यादव (मधेशी), भीष्मराजम आङ्देम्बे (आदिवासी जनजाति), जीवन बहादुर शाही (पिछडिएको क्षेत्र), चेतराज बजाल (पिछडिएको क्षेत्र), शेख वकिल(मुस्लिम) र उमाकान्त चौधरी (थारू) ले मनोनयन दर्ता गराएका छन् ।

यस्तै खुला सदस्यमा ५६ पदका लागि १ सय ९ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।

विस्तृत विवरणसहितः

प्रतिक्रिया
नागरिक मिरर