बङ्गलादेशमा वायु सेनाको विमान विद्यालय परिसरमा दुर्घटना हुँदा १९ जनाको मृत्यु

काठमाडौँ । बङ्गलादेश वायु सेनाको विमान राजधानी ढाकाको एक विद्यालय परिसरमा दुर्घटना हुँदा १९ जनाको मृत्यु भएको छ ।
बीबीसीका अनुसार बङ्गलादेश वायु सेनाको एफ–७ बीजीआई ट्रेनर विमान सोमवार दिउँसो राजधानी ढाकाको दियाबारी क्षेत्रमा रहेको माइलस्टोन विद्यालय परिसरमा दुर्घटनाग्रस्त हुँदा १६४ जना घाइते भएका छन् ।
दुर्घटनामा घाइते भएकाहरुलाई ढाका मेडिकल कलेज नजिकै रहेको नेशनल बर्न एन्ड प्लास्टिक सर्जरी इन्स्टिच्यूट, कुर्मीटोला अस्पताल, ढाका मेडिकल कलेज अस्पताल, कम्बाइन्ड मिलिट्री अस्पताल र उत्तरा मोडर्न अस्पतालसहित विभिन्न अस्पतालमा भर्ना गरिएको छ ।
प्रतिक्रिया






