कोलम्बिया युनिभर्सिटीले ट्रम्प प्रशासनलाई २ सय मिलियन डलर तिर्ने

काठमाडौँ । कोलम्बिया युनिभर्सिटीले अमेरिकी प्रशासनलाई २०० मिलियन डलर तिर्ने विषयमा सहमति जनाएको छ ।

युनिभर्सिटी, आफ्नो यहूदी विद्यार्थीको सुरक्षा गर्नमा असफल रहेको आरोपमा सो रकम तिर्नुपर्ने भएको हो ।

उक्त रहम सङ्घीय सरकारलाई तीन वर्षमा दिइने छ । जसको घोषणा युनिभर्सिटीको तर्फबाट जारी गरिएको बयानमा भनिएको छ र, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्ले पनि आफ्नो सामाजिक सञ्जालमा यसको पुष्टि गरेका छन् ।

सँगै अमेरिकी सरकारले मार्चमा युनिभर्सिटीलाई दिँदै आएको ४ सय मिलियन डलरको अनुदान रकममा कटौती गर्ने भनेकोमा अब त्यसबाट केही रकम फिर्ता दिनेमा सहमति जनाएको छ ।

प्रतिक्रिया