राष्ट्रिय युवा सांसद दासद्वारा शपथ ग्रहण

काठमाडौँ । राष्ट्रिय युवा सांसद प्राञ्जल दासले शपथ ग्रहण गरेका छन् ।

राष्ट्रिय युवा संसदको गत असार १५ मा सम्पन्न निर्वाचनबाट सदस्य पदमा निर्वाचित भएका सांसद दासले बिहीवार शपथ ग्रहण गरेका हुन् ।

आगामी २ वर्षका लागि निर्वाचित भएका सांसद दासले संसदीय अभ्यास, कानून निर्माण प्रक्रिया र संसदीय मर्यादाभित्र रहेर जनसरोकारका विषयहरु उठान गर्ने कार्यमा भूमिका निर्वाह गर्नेछन् ।

प्रतिक्रिया
    ट्याग: