प्रधानमन्त्री आज मधेश झर्दै

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली आज मधेश प्रदेश जान लागेका छन् । विभिन्न कार्यक्रमका लागि उनी महोत्तरी र बारा जाँदै छन् ।

प्रधानमन्त्री ओलीले महोत्तरीको मटिहानी नगरपालिका–८ स्थित विग्ही नदी पुलको उद्घाटन, वडा नं. ६ मा नवनिर्मित प्रसूतिगृहको उद्घाटन र सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको उनको निजी सचिवालयका उपसचिव विष्णुप्रसाद सुवेदीले जानकारी दिए ।

महोत्तरीमै उनको जनकपुर–कुर्था–सम्सी सडकखण्ड रौजास्थित रातुखोला पुल उद्घाटन गर्ने कार्यक्रम रहेको छ । यसैगरी बाराको परवानीपुर गाउँपालिकाको नवनिर्मित प्रशासकीय भवनको उद्घाटन र सभालाई पनि सम्बोधन गर्ने उनको कार्यक्रम रहेको छ ।

प्रतिक्रिया