काँग्रेस महाधिवेशन : साढे ४ बजेबाट मतगणना सुरु, सभापतिमा देउवाको अग्रता

काठमाडौं । नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्तर्गत अहिले सभापति पदका लागि मतगणना जारी छ ।

राष्ट्रियसभा गृहमा चलिरहेको मतगणनामा हालसम्म कुल खसेको मतको आधा गणना भइसकेको छ । २ हजार ६ सय ७७ मत गणना सकिँदा सभापति शेरबहादुर देउवाले १ हजार २ सय ६७ मत प्राप्त गरेका छन् भने नेता शेखर कोइरालाले ९ सय ८० मत प्राप्त गरेका छन् ।

यस्तै सभापति पदका अर्का उम्मेदवार प्रकाशमान सिंहले २ सय ४ र विमलेन्द्र निधिले १ सय ६२ मत पाउँदा कल्याण गुरुङले १२ मत प्राप्त गरेका छन् ।

सभापति पदमा जित्नका लागि उम्मेदवारले कम्तिमा २ हजार ३ सय ४० मत प्राप्त गर्नुपर्ने छ ।

आइतवार भएको मतदानमा ४ हजार ६ सय ७९ महाधिवेशन प्रतिनिधिले मतदान गरेका थिए ।

कुनै पनि उम्मेदवारले बहुमत नल्याए धेरै मत ल्याउने दुई उम्मेदवारबीच पुनः प्रतिस्पर्धा हुनेछ ।

राति ११ ः ४५ सम्म मतदान जारी नै थियो । सोमवार दिउँसो १ बजेतिर मात्रै मतदान सुरु भएको हुँदा राति ढिलो मतदान जारी रहेको थियो । मतगणना भने बिहान साढे ४ बजेबाट मात्रै सुरु भएको हो ।

प्रतिक्रिया
नागरिक मिरर