मतगणना अपडेट : ३२ सय ८२ मत गणना, देउवा अग्र स्थानमा

काठमाडौं । नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्तर्गत अहिले सभापति पदका लागि मतगणना जारी छ ।

३ हजार २ सय ८२ मत गणना गर्दा देउवाले हजार ५ सय ५६ मत प्राप्त गरेका छन् । भने उनका निकटमत प्रतिद्धन्द्धी डा. शेखर कोइरालाले १ हजार १ सय ९७ मत प्राप्त गरेका छन् । त्यसैगरी प्रकाशमान सिंहले २५७ मतविमलेन्द्र निधिले २०१ मत र कल्याण गुरुङले १७ मत प्राप्त गरेका हुन् ।

यस्तै सभापति पदका अर्का उम्मेदवार प्रकाशमान सिंहले २ सय ४ र विमलेन्द्र निधिले १ सय ६२ मत पाउँदा कल्याण गुरुङले १२ मत प्राप्त गरेका छन् ।

सभापति पदमा जित्नका लागि उम्मेदवारले कम्तिमा २ हजार ३ सय ४० मत प्राप्त गर्नुपर्ने छ ।

आइतवार भएको मतदानमा ४ हजार ६ सय ७९ महाधिवेशन प्रतिनिधिले मतदान गरेका थिए ।

कुनै पनि उम्मेदवारले बहुमत नल्याए धेरै मत ल्याउने दुई उम्मेदवारबीच पुनः प्रतिस्पर्धा हुनेछ ।

राति ११ ः ४५ सम्म मतदान जारी नै थियो । सोमवार दिउँसो १ बजेतिर मात्रै मतदान सुरु भएको हुँदा राति ढिलो मतदान जारी रहेको थियो । मतगणना भने बिहान साढे ४ बजेबाट मात्रै सुरु भएको हो ।

प्रतिक्रिया
नागरिक मिरर