पेट्रोलको दाम घट्यो, डिजेल–मट्टीतेल र हवाई इन्धनको बढ्यो

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ। समायोजनअनुसार पेट्रोल प्रतिलिटर १ रुपैयाँले सस्तो भएको छ भने डिजेल र मट्टीतेल प्रतिलिटर २ रुपैयाँले महँगिएको छ।
त्यस्तै, आन्तरिक हवाई इन्धन ३ रुपैयाँले बढेको छ। काठमाडौँ विमानस्थलमा अन्तर्राष्ट्रिय हवाई इन्धनको मूल्य प्रतिकिलोलिटर २१ अमेरिकी डलरले बढाइएको निगमले जनाएको छ।

प्रतिक्रिया






