काँग्रेस महाधिवेशनः सभापतिका उम्मेदवारका लागि पुनः मतदान हुने, कसले कति मत पाए ?

काठमाडौं । नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्तर्गत सभापति पदका उम्मेदवारले ५१ प्रतिशत पुर्याउन सकेनन् ।

बिहान साढे ४ बजेबाट सुरु भएको मतगणना केहिबेर अघि सकिएको छ ।

आइतवार भएको मतदानमा खसेको ४६ सय २७ मतदानको गणना सकिदा वर्तमान सभापति शेर बहादुर देउवाले बढी मत ल्याएपनि ५१ प्रतिशत पुर्याउन सकेनन् ।

सभापति पदमा जित्नका लागि उम्मेदवारले कम्तिमा २ हजार ३ सय ४० मत प्राप्त गर्नुपर्ने छ । तर, देउवाले २ हजार २ सय ५८ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिद्वन्द्वी शेखर कोइरालाले १७ सय २९ प्राप्त गरेका छन् । यस्तै सभापतिका उम्मेदवार प्रकाशमान सिंहले ३ सय ७१, विमलेन्द्र निधिले २ सय ४९ र कल्याण गुरुङले २० मत प्राप्त गरेका छन्

कुनै पनि उम्मेदवारले बहुमत नल्याएपछि धेरै मत ल्याउने दुई उम्मेदवारबीच पुनः प्रतिस्पर्धा हुने निर्वाचन समितिले बताएको छ ।

समितिका सचिव केशव रिजालले सभापति पदका लागि आजै पुनः मतदान हुने बताएका छन् ।

प्रतिक्रिया
नागरिक मिरर