काँग्रेस सभापतिमा पुन: शेरबहादुर देउवा निर्वाचित

काठमाडौं । नेपाली कांग्रेसको सभापतिमा दोस्रो कार्यकालका शेरबहादुर देउवा निर्वाचित भएका छन् ।

सभापतिका लागि दोस्रो चरणमा भएको निर्वाचनमा देउवा विजयी भएका हुन् । उनका निकटतम प्रतिष्पर्धी डां शेखर कोइरालालाई ८ सय ७८ मतान्तरले पराजित गर्दै निर्वाचित भएका हुन् । सभापतिको दोस्रो निर्वाचनमा कुल ४ हजार ६ सय २३ जनाले मतदान गरेका थिए । त्यसमध्ये देउवाले २ हजार ७ सय ३३ मत प्राप्त गरेको छन् । भने कोइरालाले १ हजार ८ सय ५५ मत प्राप्त गरेका हुन् । त्यस्तै ३५ मत बदर भएको निर्वाचन समितिले जनाएको छ ।

सोमबार भएको निर्वाचनमा सभापति पदका प्रत्यासी कसैले पनि ५० प्रतिशत भन्दा बढी मत ल्याउन नसकेपछि पार्टी विधानअनुसार सबैभन्दा बढी मत ल्याउने प्रधानमन्त्री एवं वर्तमान पार्टी सभापति शेरबहादुर देउवा र नेता डा शेखर कोइरालाबीच दोस्रो चरणको मतदान भएको हो ।

सोमबारको मतदानमा प्रधानमन्त्री एवं वर्तमान सभापति देउवाले २ हजार २५८ र उनका निकटतम प्रतिद्वन्द्वी पार्टीका केन्द्रीय सदस्य डा कोइरालाले २ हजार ७०२ मत प्राप्त गरेका थिए । सभापतिका अन्य प्रत्यासी पूर्व महामन्त्री प्रकाशमान सिंहले ३७१, उपसभापति विमलेन्द्र निधिले २५० र केन्द्रीय सदस्य कल्याण गुरुङले २२ मत प्राप्त गरेका थिए ।
पहिलो चरणमा कुल ४ हजार ७ सय ४३ मध्ये ४ हजार ६ सय ६९ जनाले मात्रै मतदान गरेका थिए । यो कुल मतदातामध्ये ६४ जनाले मतदान गरेका थिएनन् । भने दोस्रो चरणमा आइपुग्दा त्यो संख्या झनै घट्यो। दोस्रो चरणमा भने ४ हजार ५ सय ६२ जना मात्रै मतदान गरेका हुन् । जसअनुसार कुल महाविधेशनप प्रतिनिधिको १ सय ८१ जनाले मतदान गरेनन् । दोस्रो चरणको निर्वाचनमा भने देउवालाई सिंह, निधि र गुरुङले समर्थन गरेका थिए ।

निर्वाचित भएसँगै आगामी ४ वर्ष देउवाले नै कांग्रेसको नेतृत्व गर्नेछन् ।

प्रतिक्रिया
नागरिक मिरर