राजर्षिजनक विश्वविधालयको परीक्षा नियन्त्रकमा प्राडा महतो नियुक्त

जनकपुरधाम । राजर्षिजनक विश्वविद्यालयले केन्द्रीय परीक्षा सञ्चालन तथा अभिलेख केन्द्रको परीक्षा नियन्त्रक पदमा प्राडा श्यामकिशोर महतोलाई आज नियुक्त गरेको छ ।

उक्त विश्वविद्यालयको कार्यकारी परिषद्को निर्णय अनुसार उनलाई चारवर्षका लागि परीक्षा नियन्त्रक पदमा नियुक्त गरिएको विश्वविद्यालयका रजिष्ट्रार सत्यनारायण साहद्वारा जारी पत्रमा जनाइएको छ । सो पत्रमा राजर्षिजनक विश्वविद्यालयलको ऐन तथा नियमावली, २०७५ अनुसार महतोलाई काम गराउने उल्लेख गरिएको छ ।

जनकपुरधामस्थित विश्वविद्यालयको परीक्षा नियन्त्रक पदमा पदभारग्रहण गर्दै उनले यस विश्वविद्यालयले लिने परीक्षालाई मर्यादित तथा व्यवस्थित गराउँदै लैजाने प्रतिबद्धता जनाए। विश्वविद्यालयबाट तोकिएको तालिका अनुसार परीक्षा सञ्चालन गराउने उनले बताए।

धनुषाको सबैला नगरपालिका–३ का स्थानीय बासिन्दा प्राडा महतोले तथ्याङ्कशास्त्रमा पटना विश्वविद्यालयबाट विद्यावारिधि गर्नुभएको छ । उहाँ विगत २८ वर्षदेखि अध्यापन क्षेत्रमा कार्यरत छन्। यसअघि उनी उक्त विश्वविधालयको डिनसमेत भएको थियो ।

प्रतिक्रिया