सुनको मूल्यमा नयाँ रेकर्ड

काठमाडौँ । सुनको मूल्यमा नयाँ रेकर्ड कायम भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले आजका लागि तय गरेको मूल्यअनुसार सुनको मूल्य प्रतितोला एक लाख ९९ हजार ४ सय पुगेको छ ।
यसअघि बिहीवार प्रतितोला एक लाख ९८ हजार ४ सयमा कारोबार भएको छापावाला सुन आज तोलामा एक हजारले वृद्धि भई हालसम्मकै उच्च बिन्दुमा पुगेको हो ।
यस्तै, चाँदीको मूल्य तोलामा १० ले वृद्धि भएको छ । बिहीवार प्रतितोला दुई हजार ३१५ मा कारोबार भएको चाँदी आजका लागि भने प्रतितोला दुई हजार ३२५ मा कारोबार भएको महासङ्घले जनाएको छ ।
प्रतिक्रिया






