साना किसान लक्ष्मीनियाको चौथौंं साधारण सभा सम्पन्न

जनकपुरधाम । साना किसान महिला कृषि सहकारी संस्था लिमटेड लक्ष्मीनियाँको चौथौं साधारण सभा सम्पन्न भएको छ । संस्थाले शनिबार लक्ष्मीनिया गाउँपालिका –७ बजारस्थित सभा सम्पन्न गरेको हो । संस्था चार वर्ष पुरा गरी पाँच वर्षमा प्रवेश गरेको छ । सभामा संस्थाको अध्यक्ष बबिता यादवले संस्थाको प्रगति विवरण र आय व्यय प्रस्तुत गरेकी हुन ।

संस्थाले हाल सम्म २८ लाख १६ हजार आम्दानी गरेको प्रगति विवरणमा उल्लेख गरेका छन् भने नाफा दश लाख ६३ हजार गरेका छन् । प्रगति विवरण अनुसार ४ करोड ४६ लाख ८० हजार कर्जा लगानी गरेका छन् भने कर्जा असुली एक करोड ६३ लाख ६५ हजार गरेका छन् । संस्थाले हाल सम्म कृषि कर्जामा (धान,गहुँ,तरकारी र आलु)मा २ करोड २६ लाख ८८ हजार गरेको संस्थाको शाखा प्रबन्धक सरोज कुमार यादवले जानकारी दिए । उनले दिएको जानकारी अनुसार ६१ लाख ९२ हजार पशुपालन कर्जामा लगानी गरेका छन् ।

संस्थाको कुल निक्षेप रकम १ करोड ३० लाख, जगेडा कोष एक लाख ६६ हजार र शेर रकम ३३ लाख ८२ हजार रहेको छ । संस्थामा १ सय ९५ महिलाहरुको समुह छन भने महिला शेर सदस्य संख्या ९ सय ९३ रहेको छ । बाल बचत र अन्य सदस्य संख्या ६४ ऋणी सदस्य संख्या ५ सय १२ रहेको छ । संस्थाले पालिका भित्र रहेको किसानको लागि विभिन्न समयमा बीउ, मलखाद र कृषि सम्बन्धी औषधि वितरण गरेका छन्। पशु बिमा र ऋण बिमा, सदस्य संरक्षण राहत योजना, विक्तिय कारोबार, दूध संकलन र चिस्यान केन्द्र सञ्चालन गर्न लागेको प्रबन्धक यादवले जानकारी दिए । यस्तै कृषि सम्बन्धी तालिम र सदस्य मृत्यु राहत उत्पादन कार्यक्रम गर्दै आएको छ ।

संस्थाले राम्रो काम गरेपछि जनकपुरस्थित आइचर ट्रयाक्टर एजेन्सीका सञ्चालक अजय कुमार यादवले एक लाख एक हजार दिने घोष्णा गरेको हो । संस्थाको विकासमा उनले हरेक कदम सहयोग गर्ने प्रतिबद्धता पनि गरेका छन् ।

प्रतिक्रिया
नागरिक मिरर