अनिल झाले छाडे लोसपा

काठमाडौं । अनिलकुमार झाले लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) बाट राजीनामा दिएका छन् ।

वरिष्ठ नेताको पदमा रहेका झाले एक महिना अघि राजीनामा दिएको बुझिएको छ । उनको राजीनामा समेत स्विकृत भइसकेको पार्टी निकट स्रोतले जनाएको छ ।

झा २०७४ सालको चुनावमा रौतहट क्षेत्र नं. १ बाट प्रत्यक्ष निर्वाचित भएका थिए भने २०७९ को चुनावमा धनुषा निर्वाचन क्षेत्र नम्बर ३ बाट पराजित भएका थिए ।

प्रतिक्रिया