‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिता उपर जनकपुर स्पोर्टस क्लवको जीत

जनकपुरधाम । क्षीरेश्वरनाथ नगरपालिका महेन्द्रनगरमा आयोजित एन्फा धनुषा जिल्ला ए डिभिजन लिग फुटबल प्रतियोगिता माथि जनकपुर स्पोटर्स कल्वले कब्जा जमाउन सफल भएको छ ।

क्षीरेश्वर जनता उच्च मा.वि.को खेल मैदानमा आइतवार भएको फाइनल खेलमा यज्ञभुमी यूवा समाज धारापानीलाई जनकपुर स्पोर्टस कल्व जनकपुरले हराउँदै प्रतियोगीतामा प्रथम स्थाल हासिल गरेका छन्।

दुबै क्लव बीच भएको रोमान्चक प्रतिस्पर्धात्मक खेल निर्धारित समयमा एक एक गोलको वरावरीमा टुंगिए र ड्र भएपछि पेनाल्टी सुट आउटमा गोलमा अग्रता क्याम गर्दै जनकपुर स्पोर्टस कल्बले एन्फा धनुषा जिल्ला ए डिभिजन लिगको फाइनल खेल जित्न सफल भएको हो ।

प्रतियोगितामा प्रथम हुने जनकपुर स्पोर्टस कल्व जनकपुरलाई नगद २५ हजार शिल्ड, मेडल, कप, प्रमाणपत्र र दोस्रो स्थान ल्याउने यज्ञभुमी यूवा समाज धारापानी नगद १७ हजार शिल्ड, मेडल, कप, प्रमाणपत्र प्रदान गरिएको छ ।

त्यस्तै फुटवल प्रतियोगितामा म्यान अफ द म्याच जनकपुर स्पोर्टस कल्व जनकपुरका शिव माझी, वेष्ट डिफेन्डर क्षिरेश्वर स्पोटर्स कल्ब महेन्द्रनगरका इन्द्रजीत पासवान, वेष्ट गोल किपर क्षिरेश्वर स्पोटर्स कल्व महेन्द्रनगरका मो रिजवान, बेष्ट फोरवार्ड यज्ञभुमी यूवा समाज धारापानीका ओम घतानी, वेष्ट मिडफिल्डर जनकपुर स्पोटर्स कल्व जनकपुरका उज्वल लामा र राईजिङ्ग प्लेयर धनुषा शान्ति समाजका शिवनन्दन ठाकुरलाई प्रदान गरिएको प्रतियोगिताका संयोजक राम केवल मुखियाले जनकारी दिए ।

क्षीरेश्वरनाथ नगरपालिका महेन्द्रनगरको विषेश सहयोग र धनुषा जिल्ला फुटबल संघको आयोजनमा आयोजित प्रतियोगितामा जम्मा १० वटा टिमको लिग म्यानको आधारमा २३ ओटा खेल खेलाईएको थियो ।

करिब १० दिन सम्म संचालित फुटवल प्रतियोगिताको समापन कार्यक्रममा प्रमुख अतिथीको रुपमा उपस्थित क्षिरेश्वरनाथ नगरपालिकाका नगर प्रमुख योगेन्द्र पजियारले सहभागी सम्पुर्ण टिमका खेलाडीहरुलाई अगामी दिनको शुभकामना दिँदै खेल मानव जिवनको अभिन्न अगं भएकाले यसलाई निरन्तरता दिनुपर्ने बताए । उनले जो साथी जुन क्षेत्रमा अगाडी वढदैछ त्यसलाई हामी र हाम्रो समाजले सहयोग गर्न अति आवश्यक रहेको बताए ।

त्यस्तै कार्यक्रममा अतिथीको रुपमा उपस्थित क्षिरेश्वरनाथ नगरपालिकाका निमित प्रमुख प्रशासकिय अधिकृत प्रमोद घिमिरे स्वागत मन्तव्य राख्दै खेलमा नेपाल सरकारले खासै बजेट नछुटीयाएपनि क्षिरेश्वरनाथ नगरपालिकाले खेलाडीहरुको लागी अरु बजेटबाट भएपनि यसलाई निरन्तरता दिएको जनाए ।

कार्यक्रममा विशिष्ट अतिथी एन्फा अडिट एण्ड कमलयान कमिटिका अध्यक्ष दिपक खाती अतिथी धनुषा जिल्ला फुटवल संघका अध्यक्ष प्रदेश फुटवल संघका महासचिव सुरेश ठाकुर, प्रदेश फुटवल संघका वरिष्ठ उपाध्याक्ष विजय कु.गुप्ता, महोत्तरी फुटवल संघका अध्यक्ष प्रमोद मान्नधर, समाजसेवी मितलाल गिरी, ईश्वरी अधिकारी, उद्योग वाणिज्य संघका महासचिव दिपक साह, धनुषा जि.फु.संघका सदस्य एन्फाका केन्द्रिय सदस्य तपेश्वर राउत, क्षि.न.पा. वडा नम्बर ४ का अध्यक्ष जगदिस यादव, ५ का जिवछ मण्डल ,माछापुछर््े बैंक लि महेन्द्रनगरका शाखा प्रवन्धक प्रमोद यादव, कल्याण खडका, राजदेव साह, शम्भुनाथ गोइत लगायतको उपस्थिती रहेको थियो ।

https://www.facebook.com/nagarikmirror/videos/4989157307795257
प्रतिक्रिया
नागरिक मिरर