भारत आज ७९ औँ स्वतन्त्रता दिवस मनाउँदै

काठमाडौँ । भारतले आज आफ्नो ७९ औँ स्वतन्त्रता दिवस मनाउँदै छ । १९० वर्षसम्म ब्रिटिशहरूले गरेको शासन पछि स्वतन्त्र भएको भारतले प्रत्येक वर्ष १५ अगस्टलाई राष्ट्रिय पर्वको रुपमा मनाउँदै आएको छ ।

स्वतन्त्रता दिवसको अवसरमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आज राजधानी दिल्लीको लाल किलामा राष्ट्रिय झन्डा फहाराउँदै देशबासीका नाममा सम्बोधन गरेका छन् ।

प्रधानमन्त्री मोदीले लगातार १२ औँ पटक स्वतन्त्रता दिवसको अवसरमा सम्बोधन गर्दै विकसित भारतको लक्ष्य अनुसार समुद्र मन्थनदेखि हरसम्भव प्रयास जारी रहेको बताए ।

उनले न्यूक्लियर चेतावनीबाट भारत नडराउने भन्दै अपरेशन सिन्दूरमा खटिएका सेनालाई सम्मान गरे ।

पछिल्लो समय अमेरिकाले दिँदै आएको टैरिफको चेतावनी र लगाएको टैरिफप्रति लक्षित गर्दै उनले भारतले आफ्नो समुद्रमा तेल र ग्यास भण्डारको खोजी कार्यलाई तिव्रता दिएको पनि बताए ।

यस पटकको स्वतन्त्रता दिवसको अवसरमा भारतका विभिन्न २६ राज्य र केन्द्र प्रशासित ८५ गाउँका प्रमुखलाई विशेष अतिथिको रुपमा निम्तो दिइएको छ ।

दिवसको अवसरमा लाल किला र वरपरको क्षेत्रमा कडा सुरक्षा व्यवस्था अपनाइएको छ ।

प्रतिक्रिया