‘उत्कृष्ट अधिकृत’ भए लक्ष्मण, मन्त्री शर्माद्वारा पुरस्कृत

जनकपुरधाम। जनकपुरधाम । मधेस प्रदेश सरकारको शिक्षा तथा संस्कृति मन्त्रालयका अधिकृत लक्ष्मण राम ‘उत्कृष्ट अधिकृत’को रुपमा सम्मानित भएका छन्। आठौं तहका अधिकृत रामलाई मन्त्रालय तथा मन्त्रालय मातहतका निकाय मध्ये उत्कृष्ट कर्मचारीको रूपमा शिक्षा मन्त्री रानी शर्मा तिवारीले सम्मान गरेका हुन् ।
मन्त्रालयको योजना शाखा प्रमुख राम मन्त्रालय मातहतका शिक्षा विकास इकाई धनुषाका कार्यालय प्रमुखको जिम्मेवारी पनि कुशलतापूर्वक सम्हाल्दै आएका छन् । उनलाई मधेस प्रदेशकी शिक्षा तथा संस्कृति मन्त्री रानी कुमारी शर्माले विशेष समारोहबीच सम्मान गरिन । उक्त कार्यक्रममा मन्त्रालयका उच्च पदस्थ अधिकारीहरू, विभिन्न जिल्लाबाट आएका शिक्षा अधिकृतहरू तथा कर्मचारीहरूको उपस्थिति रहेको थियो ।
सम्मान गर्दै मन्त्री शर्माले लक्ष्मणले शिक्षा क्षेत्रमा नेतृत्व, समन्वय र व्यवस्थापनमा देखाएको सक्रियता तथा निष्ठापूर्ण सेवाका कारण यो सम्मान प्राप्त गरेको बताइन् । मन्त्री शर्माले भनिन्,–’सरकारी सेवामा निष्ठा, परिश्रम र जनउत्तरदायिता देखाउने कर्मचारीहरू हाम्रा लागि प्रेरणाको स्रोत हुन् । लक्ष्मण राम जस्ता कर्मठ अधिकृतहरूले शिक्षा मन्त्रालयको छवि अझ उज्ज्वल बनाएका छन् ।’
सम्मानित भएपछि अधिकृत रामले यो सम्मान आफू मात्र नभई सम्पूर्ण टिमको मेहनत र साथको परिणाम भएको बताए । उनले आगामी दिनमा अझ जिम्मेवारीपूर्वक कार्य गर्ने प्रतिबद्धता पनि व्यक्त गरे ।






