महेन्द्रनगरमा खुल्यो किंगस क्याफे

जनकपुरधाम । धनुषाको महेन्द्रनगरमा सुविधा सम्पन्न किंगस क्याफे संचालनमा आएको छ । क्षीरेश्वरनाथ नगरपालिका ५ महेन्दनगरमा आर्मी क्याम्पको सामुनेमा झण्डै १ करोड बढीको लगानीमा क्याफे संचालन गरिएको छ ।

प्रदेश २ को अस्थायी राजधानी जनकपुरधाम पछीको दोश्रो सहरको रुपमा चिनिने महेन्द्रनगरमा सुविधा सम्पन्न क्याफेको आवश्यकतालाई मध्यनजर गर्दै क्याफे संचालन गरेको क्याफेका संचालक संतोष महासेठले बताए ।

नगरमा एउटा पनि स्तरीय होटल नरहेको समयमा क्याफेमा पार्टीका लागि हल, क्याविन, रेष्टुरेन्ट, रुफ टप लगायत रहेका छन् । ग्राहकहरुको सेवा सुविधा तथा आवश्यकता मध्यनजर गर्दै सञ्चालनमा आएको क्याफेमा आनन्ददायी रूपमा विभिन्न परिकारका खाजा तथा खाना खानाको स्वाद लिन सकिने सञ्चालक महासेठले बताएका छन् ।

एक समारोहबीच उद्घाटनपछि संचालनमा आएको क्याफेले विभिन्न किसिमका अफर तथा सहुलियत सहित विभिन्न परिकारका खाना तथा खाजाका पार्सल तथा होम डेलिभरि समेत गर्ने उनले जनाए ।

पारिवारिक तथा शान्त वातावरणमा वसेर स्वादिष्ट परिकारका लागि ग्राहकहरुका लागि उत्कृष्ट गन्तव्य वनाउने सोचका साथ आफुले यो क्याफे खोलेको समेत उनले बताए । हाम्रो उदेश्य नाफा कमाउनु मात्र होईन, उनले भने, गुणस्तरिय सेवा प्रवाह गर्नु नै मुख्य धेय हो ।

संचालक महासेठका अनुसार यहाँ ब्रेकफास्टदेखि स्पेसल लन्च तथा डिनरमा विभिन्न परिकार उपलब्ध छ । यहाँ करिब १५ जनाले प्रत्यक्ष रोजगारी पाएका छन् ।

महेन्द्रनगरमा पार्टी तथा उत्सवको लागि पार्टी प्यालेस समेत नरहेको समयमा क्याफे सहित पार्टी प्यालेस समेत सँग सँगै संचालनमा ल्यायने बताए ।

पर्यटकीय स्थल जनकपुरधामदेखि नजिकै रहेको जाने मुख्य बाटो महेन्द्रनगर नै रहेकोले पनि क्याफेमा ग्राहकहरूको चाप बढ्ने विश्वास सञ्चालकले लिएका छन्।

प्रतिक्रिया
नागरिक मिरर