नेपाल निजामति कर्मचारी युनियन धनुषाको अध्यक्षमा पौडेल

जनकपुरधाम । नेपाल निजामती कर्मचारी युनियन धनुषा जिल्ला कार्यसमितिको अध्यक्षमा धर्मराज पौडेल नेपाल चयन भएका छन् । जिल्ला सदरमुकाम जनकपुरधाममा सम्पन्न आठौँ जिल्ला अधिवेशनले पौडेललाई चयन गरेको हो ।

कार्यसमितिको खुल्ला उपाध्यक्षमा राकेश यादव, महिला उपाध्यक्षमा रन्जु यादव र समावेशी उपाध्यक्षमा चन्द्रनारायण मण्डल चयन भएका छन् । त्यस्तै सचिवमा प्रकाश कुमार कर्ण, सह–सचिवमा शरण यादव र कोषाध्यक्षमा श्यामबाबु मण्डल रहेका छन् ।

नेपाली काँग्रेसका नेता तथा पार्टीका केन्द्रीय सदस्य आनन्द ढुङ्गानाको प्रमुख आतिथ्यतामा सम्पन्न अधिवेशनबाट कार्यसमितिको सदस्यमा सतिश साह, राजेश कुमार मण्डल, रमेश दास, अमित कुमार साह, नइम नदाफ, संजिव कुमार झा, मेनुका कुमारी, विभा यादव, संजित कुमार यादव र रामानन्द ठाकुर रहेका छन् ।

अधिवेशनले राम गोबिन्द यादव, तैयव राईन, संजय साह, विष्णुदेव यादव र भैरव राउतलाई महाधिवेशन प्रतिनिधि छनौट गरेको छ ।

प्रतिक्रिया
नागरिक मिरर