स्वास्थ्य मन्त्री पौडेल हैजा प्रभावित वीरगञ्जमा, बिरामीसँग भलाकुसारी गर्दै

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेल हैजा प्रभावित वीरगञ्ज पुगेका छन् ।
सुमदायस्तरमै हैजाको सङ्क्रमण फैलिए पछि मन्त्री पौडेल सोमवार वीरगञ्ज पुगेका हुन् ।
उनले वीरगञ्जको नारायणी अस्पतालमा झाडापखाला र हैजाबाट प्रभावित बिरामीको अवस्थाबारे जानकारी लिएका छन् ।
वीरगञ्जमा गत शुक्रवारदेखि हैजा सङ्क्रमण फेला पर्न थालेको हो । हालसम्म हैजाको मुख्य स्रोत भने फेला पर्न सकेको छैन ।
वीरगञ्जका विभिन्न अस्पतालमा गरी १०३ जना बिरामी उपचाररत छन् । सोमवार मात्रै गौर प्रादेशिक अस्पतालबाट दुईजना चिकित्सकसहित स्वास्थ्यकर्मीको टोली वीरगञ्ज पुगेको छ भने हैजाको स्रोतको पहिचानका लागि पनि टोली खटिएका छन् ।
प्रतिक्रिया






