फेरी अर्को इतिहासः बराल बनिन् पहिलो महिला महान्यायधिवक्ता

काठमाडौं। वरिष्ठ अधिवक्ता सविता भण्डारी बराल महान्यायाधिवक्तामा नियुक्त भएकी छिन्। प्रधानमन्त्री सुशीला कार्कीले आइतबार उनलाई महान्यायाधिवक्ता नियुक्त गरेकी हुन्।

नेपालको कानुनी इतिहासमा बराल पहिलो महिला महान्यायाधिवक्ता भएकी छिन्।

उनी बरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीकी छोरी हुन्। जसले पूर्वप्रधानन्यायधीशसमेत रहेकी सुशीला कार्कीलाई सर्वोच्चको न्यायाधीश बनाउन भूमिका खेलेका थिए। यो कुरा सुशीला आफैंले स्वीकार गरेकी छन्।

सविताले चर्चित क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बलात्कार मुद्दामा पनि लामिछानेकै तर्फबाट बहस पनि गरेकी थिइन्।

महान्यायाधिवक्ता सरकारका प्रमुख कानुनी सल्लाहकारको भूमिकामा रहन्छन्।

यसअघि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले नियुक्त गरेका महान्यायाधिवक्ता रमेश बडालको राजीनामा आजै स्वीकृति भएको थियो।

प्रतिक्रिया