जनमत पार्टीले गैरराजनीतिक गतिविधि गरेको भन्दै महिला संघद्धारा प्रदर्शन

काठमाडौं । जनता समाजवादी पार्टी नेपाल (जसपा) निकट समाजवादी महिला संघले प्रदर्शन गरेको छ।

माघ ५ गते बलिदानी दिवस मनाउने क्रममा जनमत पार्टीका कार्यकर्ताहरुले संघीय भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणु कुमारी यादवमाथि गरेको दुर्व्यहारको विरुद्ध प्रदर्शन गरेको हो ।

बलिदानी दिवस मनाउन गौर पुगेको मन्त्री यादवमाथि जनमत पार्टीका नेता कार्यकर्ताहरुले सुनियोजित ढंगले भाला, लाठी र अन्य घरेलु हात–हथियारको प्रयोग गरी हत्याको प्रयास गरेको संघको आरोप छ ।

संघले मन्त्रीमाथि भएको त्यस किसिमका दुर्व्यहार रोक्न समेत माग गरेका छन्। संघले यस्ता किसिमका गैरराजनीतिक कार्य गर्नेहरुलाई तत्कालै कारबाही गर्न माग समेत गरेको छ।

संघले मधेस प्रदेशको रौतहटको गौर, धनुषाको जनकपुरमा र सप्तरीको राजविराज लगायतका सहरमा प्रदर्शन गर्दै महिला नेतृको सुरक्षाको माग समेत गरेको छ ।

त्यस्तै, दुर्व्यवहार गर्नेहरुमाथि कारबाही गर्न संघले माग गरेको छ।

प्रतिक्रिया
नागरिक मिरर