ज्ञापन पत्र बुझ्दै वनमन्त्री यादवले भने–‘दिलीप महतोलाई पर्यावरण सहिद घोषणा गर्न भोलीनै गृह मन्त्रालय पत्रचार गर्छु’

काठमाडौँ । नदीजन्य पदार्थको अवैध उत्खननविरुद्धका अभियन्ता दिलीप महतोलाई वातावरण अभियन्ता तथा पर्यावरण सहिद घोषणा गर्न भोली नै पत्राचार गर्ने वनमन्त्री राम सहाय यादवले आवश्वसान दिएका छन् ।

टिपरले किचेर हत्या गरिएका धनुषाको मिथिला नगरपालिका ५ श्रीपुरका २४ वर्षीय दिलीप महतो (ओमप्रकाश) लाई वातावरण अभियन्ता तथा पर्यावरण सहिद घोषणा गराउँन बिहिबार ज्ञापन पत्र बुझाउँन वनमन्त्रालय पुगेका युथ एसोसिएसन अफ नेपालका संस्थापक अध्यक्ष राहुलराज यादवको युवाहरुलाई आवश्वासन दिएको छ ।

युवाहरुले बुझाएको ज्ञापन पत्रमा हत्यारालाई हदैसम्म कारबाहीको माग गरिएको छ । उनीहरुले बुझाएको ज्ञापन पत्रमा एउटा सचेत र देशभक्त्त नागरिकको जिम्मेवारी वहन गर्दा गर्दै आफ्नो ज्यान गुमाउनु भएका अभियानी दिलिप महतोलाई पर्यावरण सहिद घोषणा गरि, यस घटनाको छानविन केन्द्रीय स्तरबाट केन्द्रीय अनुसन्धान ब्युरोसँग गराई, हत्यामा संलगन सबै अपराधीहरुलाई कानुनको दायरामा ल्याई कडा भन्दा कडा सजाय दिन विगत एक वर्ष देखि हामी युथ एसोसिएसन अफ नेपाल लगायत विभिन्न संघ संस्थाहरुले आ–आफ्नो तरिकाले विभिन्न कार्यक्रमहरुको आयोजना गरी सरकारलाई दबाब सिर्जना गर्दै आएको उल्लेख छ ।

तर पनि सरकार र संबंधित निकाय यस विषयमा मौन हुनु हामी युवाहरुको लागि दुःखद कुरा हो । झनझन समय वित्दै जाँदा आरोपीहरु पनि धरौटीमा रिहा भइ उम्केका छन् । यस अर्थमामा भोलि कुनैपनि पैसाबालाले कसैको हत्या गरि÷गराई सजिलोसँग उमकिन सक्छन भनेर हामी युवावर्गमा निराशा छाएको छ । तसर्थ अव आउने दिनमा चाँडै हाम्रो मागप्रति आवश्यक पहल गरिदिन भनी समेत ज्ञापन पत्रमा उल्लेख गरिएको छ ।

अध्यक्ष यादवको नेतृत्वमा ज्ञापन पत्र बुझाउँन पुगेको समूहमा चुडामणि यादव, सन्तोष बलराज यादव र सर्बजित यादवको पनि रहेको थियो ।

कसरी भएको थियो दिलीप महतोको हत्या ?

दिलीप महतोको हत्या उनकै वडामा पर्ने औरही खोलाबाट अवैध गिट्टी बालुवा उत्खनन गर्ने माफियाहरुले रडले घोचेर घाइते बनाई खोलामा लडाएर टिपरले किचेर हत्या गरेका थिए ।

दुई वर्षदेखि अवैध उत्खननको विरोध गरिरहेको दिलीपलाई उनको घरदेखि पूर्वमा रहेको औरही खोला हत्या भएको थियो ।

२०७६ पुष २५ गते शुक्रबारको दिन बिहान करिब ४ बजेको समयमा औरही खोलामा भइरहेको अवैध दोहन रोक्न पुगेका महतोलाई विरोध गरिरहे जीउमै टिपर कुदाइदिने भनी धम्की दिँदै आइरहेको उद्योग सञ्चालक विपिन लगायतले उनलाई फलामको लिभर र पेचकसले क्रुरुतापूर्वक प्रहार गरेर ना ७ ख ६४१३ नम्बरको टिपर टाउकोमा चढाई किचेर हत्या गरेका थिए ।

प्रतिक्रिया
नागरिक मिरर