फेरी बढ्यो पेट्रोलियम पदार्थको मूल्य, कति पुग्यो ?

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमले मंगलबार मध्यरातिदेखि नै लागू हुने गरी डिजेल, मट्टीतेल र पेट्रोलको भाउ प्रतिलिटर ३ रुपैयाँ वृद्धि गरेको हो।

मूल्य वृद्धिसँगै काठमाडौं उपत्यकामा पेट्रोल प्रतिलिटर १४२ रुपैयाँ पुगेको छ । यस्तै डिजेल र मट्टीतेल १२५ रुपैयाँ पुगेको छ ।

यस्तै हवाइ इन्धन आन्तरिकतर्फ १० रुपैयाँ बढाएर ११६ रुपैयाँ तथा अन्तर्राष्ट्रियतर्फ १०० डलर वृद्धि गरेर १०९५ कायम गरिएको छ ।

निगमले ग्यासमा घाटा भएपनि हाललाई मूल्य यथावत राखेको जनाएको छ । निगमले पटक पटक मूल्य वृद्धि गर्दै आएको छ भने अन्तरराष्ट्रिय बजारमै मूल्य बढेकाले यस्तो निर्णय लिनुपरेको बताउँदै आएको छ ।

प्रतिक्रिया
नागरिक मिरर