निःशुल्क आँखा शिविरः ३५० बढीको शल्यक्रिया हुने

सर्लाही । बागमती नगरपालिकामा सञ्चालन भएको तीनदिने निःशुल्क आँखा शिबिरमा ३५० भन्दा बढी व्यक्तिको मोतिया बिन्दुको शल्यक्रिया हुने भएको छ ।

बागमती नगरपालिका, स्थानीय तिलगङ्गा सर्जिकल सामुदायिक आँखा केन्द्र र तिलगङ्गा आँखा प्रतिष्ठानको संयुक्त आयोजनामा सञ्चालन भएको सो शिविरमा पहिलो दिने ७९ जनाको शल्यक्रिया भएको छ ।

तिलगङ्गा आँखा प्रतिष्ठानको प्राविधिक सहयोग तथा बागमती नगरपालिकाले खान, बस्न प्रबन्ध गरेको नगर स्वास्थ्य शाखा सहसंयोजक आनन्दमोहन झाले जानकारी दिए।

तिलगङ्गा आँखा प्रतिष्ठानको चिकित्सक एवम् शिविरका टोली नेता डा रचना सिंहका अनुसार सर्लाहीमा सर्जिकल आँखा केन्द्र विस्तार भएपछि विभिन्न पालिाकामा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिँदै आएको छ । उपचारका क्रममा शिविरमा आएनुभएका बागमती नगरपालिका–७, निवासी ७७ वर्षीय वीरबहादुर खड्काले गाउँ घरमै निःशुल्क शिविर सञ्चालन हुँदा गरिब, गुरुवाले संसार देख्न पाएको बताए ।

आयोजक संस्थाले शिविरमा आउने बिमारीलाई निःशुल्क खाना, औषधि लगायतको सामग्रीसमेत उपलब्ध गराएको जनाएको छ ।

प्रतिक्रिया