धनुषा २ मा कांग्रेसका उम्मेदवार परसैलाको चुनावी अभियानमा तिव्र

जनकपुरधाम । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यका लागि धनुषा–२ बाट उम्मेदवारी दिएका नेपाली कांग्रेसका दिनेश प्रसाद यादव परसैला चुनावी अभियान सुरु गरेका छन् । बिहीवार धनुषाको औरही गाउँपालिका–२ परवाहामा कार्याकर्तासँग भेटघाट गरेका छन् ।
परसैला पहिलो पटक प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनेको छ । संगाठनिक रुपमा बलियो रहेको यस क्षेत्रमा परसैलाको उम्मेदवारीले कांगे्रसका कार्याकर्ता थप उत्साहित बनेको छ । अहिले उनी टोल–टोलमा पुगेर कार्याकर्तासँग भेटघाटमा तिव्रता दिएका छन् ।
दोस्रो संविधानसभाको निर्वाचनमा तत्कालीन धनुषा निर्वाचन क्षेत्र १ बाट निर्वाचित परसैला यसपटक प्रतिनिधिसभा सदस्यका लागि चुनावी मैदानमा उत्रेका छन् । सातवटा स्थानीय तहका ४४ वटा वडा यस निर्वाचन क्षेत्रमा पर्छ । जसमध्ये १९ वटा वडामा कांग्रेसले निर्वाचित भएका छन् ।
नेकपा एमालेका उमाशंकर अरगरिया र नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार रामचन्द्र झा यी दुई पुरानै प्रतिस्पर्धीबीच कांग्रेसका परसैलाको इन्ट्रीले यस क्षेत्रका निर्वाचन थप रोचक बनेको छ । पुराना नेताबाट असन्तुष्ट मतदाता यसपटक नयाँ अनुहार खोजेका छन् । मजबुत संगठन र नयाँ अनुहार रहेका परसैलाले यसपटक बाजी मार्ने आकलन गरिएको छ ।






