जनप्रतिनिधिले गर्छन् बदर मतदान : मतदाता शिक्षाको जरुरी

फागुन २१ ले देश निर्वाचन मै गएका छन्।

नियमित गफ गर्ने साथिसँग चुनावी महोल कस्तो रहेछ भन्ने विषयमा एकजना साथिसँग कुरा गर्दै थिए। प्रसँग बस पछिल्लो राष्ट्रिय सभा सदस्य निर्वाचनको बारेमा कुरा हुन थाल्यो। अहिलेको अवस्थामा नयाँ शक्तिले बहुमत ल्याए पनि काम गर्न गाह्रो हुनेछ माथिल्ले सदनमा पुरानै दलका बहुमत जोछ।

साथै, अझै पनि राष्ट्रिय सभाको भुमिका बारे धेरै मतदाता अनविज्ञ रहेछ। लगायका गफ गर्दै गर्दा निर्वाचनका आयोगको सुचना हेर्न मन लाग्यो। पछिल्लो राष्ट्रिय सभा सदस्यको निर्वाचन परिणाम कस्तो रहछे हेरौन्।

‘वेबसाईट’ हेर्दा यस्तो रहेछ।

निर्वाचन आयोगले संवत् २०८२ साल माघ ११ गते सम्पन्न गराएको राष्ट्रिय सभा सदस्य निर्वाचन, २०८२ को निर्वाचन परिणा हेर्दा यस्तो छ । सात वटै प्रदेश सभा सदस्यतर्फ ५२९ जना मतदाता रहेकोमा ४९८ जना (९४.१४ प्रतिशत)ले र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखतर्फ १४८२ जना मतदाता रहेकोमा १४२६ जना (९६.२२ प्रतिशत) ले मतदान गरेका थिए। प्रदेश सभा एवम् स्थानीय तहका गरी कुल मतदाता २०११ कायम भएकोमा १९२४ जना (९५.६७ प्रतिशत) ले मतदान गरेका थिए। उहाँले खसेको कुल १९२४ मतमध्ये १८३१ (९५.१७ प्रतिशत) मत सदर र ९३ (४.८३ प्रतिशत) मत बदर भएको रहेछ।

हामीले कुरा गर्दै थियो,

विचार गर्नु पर्ने कुरा के हो भने जनताबाट निर्वाचित जनप्रतिनिधिहरुले ४.८३ प्रतिशत मत बदर गरेको रहेछन्। जनप्रतिनिधिले नै बदर मत गरे पछि के भन्ने होला भन्दै हाँस्यो।

भन्दै हामी हाँस्यो, पछिल्लो निर्वाचन परिणामहरु हेरौँन भन्दै वेवसाईटि तिर आँखा घुमाउँदा
यस्तो पो रहेछ।

संविधान कार्यान्वनको पहिलो महत्वपुर्ण कदम २०७४ सालको भएको निर्वाचन हो। जसमा प्रतिनिधि सभा निर्वाचनमा ५ लाख ४८ हजार ५७० अर्थात ५.१७८१ प्रतिशत मत बदर भएको रहेछ भने प्रदेश सभाको निर्वाचनमा ४ लाख ५० हजार ४ सय ९४ मत बदर भएको थियो

समानुपातिकतर्फ प्रतिनिधिसभामा ९.८४ प्रतिशत अर्थात् १० लाख ४२ हजार ७ सय ७७ र प्रदेशसभातर्फ १४.८१ प्रतिशत अर्थात् १५ लाख ६८ हजार १ सय ९१ मत बदर भएको थियो ।

साथै, स्थानीय तहको निर्वाचनमा ५ लाख ८८ हजार ४०१ अर्थात ५.६ प्रतिशत मत बदर भएको थियो।

२०७९ सालको निर्वाचनमा प्रतिनिधि सभाको प्रत्यक्षतर्फ ५.०६ प्रतिशत मत बदर भएको छ भने प्रतिनिधि सभाको समानुपातिकतर्फ ५.०९ प्रतिशत मत बदर भएको थियो। त्यस्तै प्रदेश सभाको प्रत्यक्ष निर्वाचन प्रणालीतर्फ ४.०७ प्रतिशत र प्रदेश सभाको समानुपातिक निर्वाचन प्रणालीतर्फ ६.५५ प्रतिशत मत बदर भएको थियो।

थप अन्य मिडिया मार्फत हेर्दा यस्तो रहेछ।

२०४८ सालको निर्वाचनमा ३ लाख २२ हजार २३ मत बदर भएको थियो । २०५१ को मध्यावधि चुनावमा भने पहिलेभन्दा कम २ लाख ४१ हजार ७१ र २०५६ को संसदीय निर्वाचनमा २ लाख ४४ हजार ९ सय २ मत बदर भएको थियो । यस्तै, २०६४ को संविधानसभा निर्वाचनमा प्रत्यक्षतर्फ ५ लाख ६० हजार ११ र २०७० मा ४ लाख ७१ हजार ८ सय २६ मत बदर भएको निर्वाचन आयोगको तथ्यांक छ । समानुपातिकतर्फ पहिलो संविधानसभा निर्वाचनमा ४ लाख ७ हजार ४ सय ६२ र दोस्रो संविधानसभा निर्वाचनमा ३ लाख १२ हजार ८ सय ४१ मत बदर भएको थियो ।

तथ्याँक केलाउँदा त अवस्था विकाराल नै रहेछ। हरेक निर्वाचनमा ४ देखि १० प्रतिशत जतिको हराहारीमा मतबदर हुने रहेछ। यसलाई कम गर्ने चर्चापरिचर्चा कमै भएको देखिएकोछ।

साथिलाई नै सोधे, मतबदर हुने कारण के रहेछ त?

मतदान गर्ने तरिकामा प्राविधिक त्रुटिः मतदाताले मतपत्रको तोकिएको कोठाभन्दा बाहिर छाप लगाउनु, एकभन्दा बढी चुनाव चिन्ह भएको कोठामा छाप लगाउनु वा मतपत्रमा स्पष्ट रूपमा छाप नलगाउनाले मत बदर हुने गर्दछ।

मतपत्रको जटिलताः निर्वाचनमा धेरै राजनीतिक दल र उम्मेदवारहरू सहभागी भएका कारण मतपत्रको आकार ठूलो हुनु र धेरै चुनाव चिन्हहरू हुनाले मतदाताहरू झुक्किएर मत बदर हुने सम्भावना बढी रहेको स्रोतले उल्लेख गरेको छ।

उदाहरणका लागि १६५ सिटका लागि ३ हजार ४९० उम्मेदवारहरु प्रत्यक्ष निर्वाचन प्रणाली मार्फत उम्मेदवार छन्।

प्रणालीगत अन्योलताः प्रतिनिधि सभा र प्रदेश सभाका लागि पहिलो हुने निर्वाचित हुने र समानुपातिक निर्वाचन प्रणालीका लागि छुट्टाछुट्टै मतपत्रहरू प्रयोग गरिएकाले पनि मतदाताहरूमा अन्योल उत्पन्न भई मत बदर भएको देखिन्छ।

अझ पनि समानुपातिक निर्वाचन प्रणालीको बारेमा धेरै जसो मतदाता अनविज्ञ छ।

मतदाता शिक्षाको अभावः निर्वाचन आयोगले मतदाता शिक्षा कार्यक्रमहरू सञ्चालन गरे तापनि सबै मतदातासम्म यसको प्रभावकारी पहुँच पुग्न नसक्नु र मतदान गर्ने सही तरिकाबारे पर्याप्त जानकारी नहुनुलाई पनि बदर मत बढ्नुको एउटा कारण मानिएको छ।

चिन्हको पहिचानमा कठिनाइः मतपत्रमा रहेका धेरै साना र उस्तै देखिने चिन्हहरूका कारण मतदाताले आफूले चाहेको उम्मेदवार वा दल ठम्याउन नसकी गलत ठाउँमा वा दोहोरो छाप लगाउँदा मत बदर भएको स्रोतले संकेत गरेको छ।

कारण त धेरै रहेछ हौ। धन्यवाद दिँदै अनि यसका उपायहरु के के हुन सक्छ र अहिले सम्म निर्वाचन आयोगले चालेका कदमहरु के के छन्? भने अर्को प्रश्न गरे।

‘ईन्र्टभ्यु’ लिन्छौ कि क्या भन्दै ठटा गर्यो। म धेरै जानकार त हैन तर पछिल्लो निर्वाचनमा आयोगले उपायहरु हेर्दा यस्तो रहेछ।

मतदाता शिक्षा स्वयंसेवक परिचालनः आयोगले मतदाताहरूलाई सही तरिकाले मतदान गर्न सिकाउन सामाजिक परिचालक र स्वास्थ्य स्वयंसेविकाहरूलाई मतदाता शिक्षा कार्यकर्ताको रूपमा घर–दैलोसम्म परिचालन गर्ने गरेकोछ।

नमुना मतदान (Mock Polling) : मतदाताहरूलाई मतपत्रको प्रकृति र मतदान गर्ने प्रक्रियाबारे प्रयोगात्मक ज्ञान दिन विभिन्न स्थानमा नमुना मतदान कार्यक्रमहरू आयोजना गर्ने गरेकोछ।

क्यासकेड मोडेल तालिम (Cascade Model): मतदाता शिक्षालाई प्रभावकारी बनाउन आयोगले ’क्यासकेड मोडेल’ अपनाएर प्रशिक्षकहरू तयार गरी स्थानीय तहसम्म तालिम र सचेतना पु¥याउने गरेकोछ।

आम सञ्चार माध्यमको प्रयोगः मतदान गर्ने सही तरिकाबारे जानकारी दिन रेडियो, टेलिभिजन, एफ.एम., पत्रपत्रिका, र अनलाइन माध्यमहरूबाट सूचना तथा सन्देशहरू प्रसारण गरिएको थियो । साथै, फेसबुक र युट्युब जस्ता सामाजिक सञ्जाल र मोबाइल एस.एम.एस. (SMS) मार्फत पनि मतदाता शिक्षा दिने गरेकोछ।

शैक्षिक सामग्रीको वितरणः सही रूपमा छाप लगाउने विधि दर्शाइएका पोष्टर, पम्प्लेट, ब्रोसर र हातेपुस्तिकाहरू व्यापक रूपमा वितरण गर्ने गरेकोछ।

मतदान केन्द्रमा सहजीकरणः मतदानको दिन मतदान केन्द्रहरूमा मतदाताहरूलाई मतपत्र पट्याउने र सही ठाउँमा मत सङ्केत गर्नेबारे अन्तिम जानकारी दिन स्वयंसेवकहरू खटाउने गरेकोछ।

प्राविधिक व्यवस्थापनः मत बदर हुन नदिन स्पष्ट देखिने स्वस्तिक छाप (Swastika Stamp) र उपयुक्त मसीको व्यवस्था मिलाइने गरेकोछ।

सुधारका लागि काम पनि नगरेका चाहि हैन तर ‘रिजल्ट’ आउने खालको नभएको हो कि जस्तो लाग्छ। उसले थप्यो।
यति मात्रै निर्वाचन आयोगले गरिरहेको छ त? फेरि प्रश्न गरे

त्यो त निर्वाचन आयोगलाई नै सोध्नु पर्छ होला केहि प्रयास गरेको त छ तर एक्लो निर्वाचन आयोगले पहल गरेर साध्य छैन। यसमा राजनीतिक दलहरुले भुमिका बहन गर्नु पर्ने हुन्छ।

विडम्बना भोट केन्द्रि अभियान बाहेक अन्य केहि पनि भुमिका नगर्ने राजनीतिक दलहरु अन्य के के नगर्छु गफ दिन्छ यार।
साथै, मिडिया तथा अन्य सरोकारबालाहरुले पनि अभियान चलाउनु पर्ने देखिन्छ।

जब जनप्रतिनिधिहरुले नै बदर गराउँछ भने जनताले न गराउँला कुरै भएन भन्दै हाँस्यो। हामी बिदा भयो। फेरि गफ गरौँसँग बदर कम गर्ने सक्ने बाचा पनि गर्यौ।

हामी नियमित भेटघाट गरेर गफ गर्ने गर्छौ। भेटन नभ्याउँदा प्रविधिको प्रयोग मार्फत ‘भर्चुल’ मार्फत पनि गफिन्छौ।

प्रतिक्रिया