रास्वपाद्वारा धनुषा र महोत्तरीको सभापतिको निलम्बन फुकुवा

जनकपुरधाम । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले धनुषा र महोत्तरी जिल्लाका सभापतिमाथि लगाइएको निलम्बन फुकुवा गरेको छ।

पार्टी सचिवालयको असार ४ गते बसेको बैठकले महाधिवेशनलाई लक्षित गर्दै उक्त निर्णय गरेको हो। निर्णयसँगै ती जिल्लामा रोकिएका संगठनात्मक गतिविधि तथा अधिवेशनसम्बन्धी प्रक्रिया पुनः खुला भएका छन्।

पार्टीका महामन्त्री कविन्द्र बुर्लाकोटीद्वारा जारी पत्रअनुसार केन्द्रीय निर्वाचन आयोगले ती जिल्लामा लगाएको अधिवेशन प्रक्रिया रोक तथा अधिवेशन रद्दसम्बन्धी निर्णयलाई महाधिवेशन प्रयोजनका लागि खुला गरिएको हो। यससँगै ती जिल्लाबाट प्रतिनिधिहरूलाई महाधिवेशनमा सहभागी हुने बाटो खुलेको छ।

रास्वपाले निलम्बन तथा प्रतिबन्ध फुकुवा गरेपनि महाधिवेशन सम्पन्न भएपछि सम्बन्धित जिल्लाको संगठनात्मक अडिट गरिने जनाएको छ। अडिटपश्चात् अधिवेशन प्रक्रिया पुनः अगाडि बढाइने पार्टीको निर्णयमा उल्लेख छ।

प्रतिक्रिया