धनुषा-२ : जित निकाल्न गाउँ-गाउँमा रामविनोद, मतदाता भन्छन्,‘परिवर्तनको पक्षमा छौं’

जनकपुरधाम । धनुषा निर्वाचन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार छन्, राम विनोद यादव । उनलाई अहिले मतदाता भेट्न भ्याइनभ्याई छ । तिब्र रुपमा उनी अहिले घरदैलो कार्यक्रम गरिरहेका छन् । शुक्रबार घरदैलोकै क्रममा उनी जनकनन्दनी गाउँपालिका–१ मलहानिया पुगेका थिए । नेता, कार्यकर्ता तथा सर्मथकहरु ‘अव की बार बालेन सरकार’ अवको भोट परिवर्तनको पक्षमा, राम विनोद यादव जिन्दावाद’ लगायतका नारा लगाइरहेका थिए । कार्यकर्ताको समुहले साउण्ड बक्स पनि बोकेका थिए । साउण्ड बक्समा पनि रास्वपा सर्मथित गित गुन्जिदै थियो ।

उम्मेदवार रामविनोदले ७५ प्रतिशत ठाउँमा घरदैलो गरिसकेको जानकारी दिए । घरदैलोमा मतदाता उत्साहित देखिएको र परिर्वतनको पक्षमा रहेको उनको दावी छ । विगतको निर्वाचित प्रतिनिधिभन्दा फरक र जनताको भावना अनुसार काम गर्ने उनले प्रतिवद्धता व्यक्त गरे । ‘जनता परिवर्तनको पक्षमा छन् । हामी परिवर्तन गर्न, देशको नेतृत्व गर्न तयार भएर आएका छौं,’उनले भने,‘आफ्नो भुमिका जनताको पक्षमा सदैव रह्ने छ । युवा र किसानको पक्षमा नीति बनाउँछौं । उनका लागि आवश्यकता अनुसारको विकास गर्छौ ।’

युवा प्लायण रोक्न, कृषिको मुख्य समस्या समाधान गर्न र गरिव विपन्नको हितको लागि काम गर्ने उनको कथन छ । अहिले पनि आफ्नो समुह यस क्षेत्रको मुख्य समस्या पहिचान र निराकरणको लागि काम गरिररहेको उनको जिकिर छ । यस निर्वाचन क्षेत्रमा जंगली जनावरले कृषकको बाली नष्ट गर्ने जस्ता समस्या सुनाएको भन्दै उम्मेदवार रामविनोदले यसलाई प्राथमिकतामा राखेर काम गर्ने योजना रहेको सुनाए । रास्वपा संघीयता पक्षधर रहेको उनको जोड छ । मतदातासंग उनले संविधानलाई मानेर देश विकासमा अघि बढ्ने भन्दै मत मागि रहेका थिए । मतदाता समक्ष युवा र नयाँ पार्टी रहेको सावित गर्ने प्रयास गरिरेका थिए ।

जनकनन्दनी गाउँपालिका–५ का लालबाबु कापरले यसपालि कुनै पनि पुरानो दल र तीनका कुनै पनि अनुहारलाई नपत्याउने बताए । सबै पार्टीले जनतालाई पटक–पटक धोका दिएको उनको बुझाई छ । त्यसकारण उनले यसपालि नयाँ पार्टीको उम्मेदवारलाई मतदाता गर्ने योजना बनाएका छन् ।

‘सबै पार्टीलाई मत दिएर हेरिसक्यौं । तर, कसैले पनि भने अनुसारको काम गरेनन्,’उनले भने,‘त्यसकारण यसपालि परिवर्तनको पक्षमा मतदातान गर्छौं ।’ रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) तर्फ संकेत गर्दै मधेशीले प्रधानमन्त्री बन्ने पहिलो पटक अवसर आएको र यो अवसर नगुमाउने उनको भनाई छ ।

कमला नगरपालिका ६५ वर्षीय राजकुमार मण्डलले यसपालिका नयाँ पार्टीलाई अवसर दिने बताए । विगतका उम्मेदवारले मत लिएर मन बदलेपछि आफू पनि मत बदल्ने तयारीमा रहेको उनले सुनाए । अव मत दिने दलका उम्मेदवारले पनि काम नगरे भोट परिर्वतन गर्ने तर, एक पटक नयाँ पार्टीलाई नै मतदान गर्ने उनको भनाई छ । नयाँ पार्टीको लहर रहेको र यसले सबै उम्मेदवारलाई चुनौती दिएको उनको टिप्पणी छ ।

यस निर्वाचन क्षेत्रमा एक लाख ३४ हजार आठ सय २६ मतदाता छन् । आम मतदाता ‘लहर’ अनुसार मतदान गर्ने मानसाय बनाएका छन् । गएको माघ ५ गते बालेन जनकपुरधाम परिर्वतनको उद्घोष सभा सम्बोधन गरेपछि त्यसता मतदाताको मन बसेको देखिन्छ । पुनः गएको मंगलबार बालेन मधेशको निर्वाचन क्षेत्रमा पुग्दा मतदाता परिवर्तन हुने आश्वसत भएका छन् । उनको ‘रोड–सो’ ¥यालीलाई गाउँ–गाउँमा दलमा आवद्ध नभएका मतदाताले स्वफुर्त रुपमा स्वागत गरेका थिए । अन्य दललाई अहिले टाउको दुखाइको विषय यो पनि यही हो । संगठन नै नभएको दलको ¥यालीमा कसरी यति भिड र नागरिक पुगे ।

प्रतिक्रिया