बालेन प्रधानमन्त्री बनेको अवसरमा जनकपुरमा बृहद् रक्तदान कार्यक्रम

जनकपुरधाम । बालेन्द्र शाह(बालेन)को नेतृत्वमा सरकार गठन भएको अवसर पारेर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) निकट मधेश प्रदेश र्याट(RAT) विभागले बृहद् रक्तदान कार्यक्रम आयोजना गर्ने भएको छ।
कार्यक्रम चैत १४ गते बिहान ८ बजे जनकपुरधामस्थित जनक चौकमा आयोजना गरिने आयोजकले जनाएको छ। सामाजिक उत्तरदायित्व अन्तर्गत आयोजना हुन लागेको उक्त कार्यक्रममा सर्वसाधारणलाई उपस्थित भई रक्तदान गर्न आह्वान गरिएको छ।
विभागका प्रदेश सचिव आशिष साहका अनुसार रगतको अभावलाई न्यूनीकरण गर्न तथा सामाजिक सहयोगको भावना अभिवृद्धि गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गर्न लागिएको हो। कार्यक्रममा स्थानीयवासी, युवाहरू तथा विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको उल्लेख्य सहभागिता रहने उनले अपेक्षा गरेको छ।
विभागले सबैलाई कार्यक्रममा सहभागी भई मानवीय सेवामा योगदान पु¥याउन सचिव साहले आग्रह गरेको छ।






