नेकपा एमाले क्षीरेश्वरनाथ नगर कमिटीको अध्यक्षमा यादव र उपाध्यक्षमा चौधरी

जनकपुरधाम । नेकपा (एमाले)को दोश्रो नगर अधिवेशनमा क्षीरेश्वरनाथ नगरपालिकामा महेन्द्र यादवको नेतृत्वमा ५५ सदस्यीय कमिटी सर्वसम्मत चयन भएको छ ।

अधिवेशनले अनिल चौधरीलाई उपाध्यक्ष, रामकृष्ण यादवलाई सचिव तथा राजकिशोर महरा र निर्मला सिंहलाई उपसचिवमा चयन गरेको छ ।

शनिवार धनुषाको क्षीरेश्वरनाथ नगरपालिका अन्तर्गत महेन्द्रनगरमा पार्टीको केन्द्रिय सचिव तथा पूर्व उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री रधुविर महासेठको प्रमुख आतिथ्यमा दोश्रो नगर अधिवेशन सम्पन्न भएको छ ।

पार्टीका नेता कमल चौधरीले संचालन गरेको उक्त कार्यक्रममा बिशिष्ठ अतिथी पार्टीका पोलिटब्युरो सदस्य जुलि महतो लगायत केन्द्रिय, प्रदेश तथा जिल्ला सदस्यहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया
नागरिक मिरर