अगामी निर्वाचनमा अत्यधिक सिट जिताउनका लागि मेरो उम्मेदवारी : नेता पजियार [भिडियो अन्तवार्ता]

जनकपुरधाम । नेपाली काँग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत धनुषासहित १६ जिल्लाको अधिवेशन अझै हुन सकेको छैन् । जसमध्येको एक धनुषा पनि हो । धनुषामा जिल्ला सभापतिका लागि त्रिपक्षीय प्रतिस्पर्धा हुने देखिएको छ ।

जिल्ला सभापतिका लागि शेरबहादुर देउवा समूहबाट वर्तमान पार्टीका जिल्ला उपसभापति संतोष यादव, विमलेन्द्र निधि समूहबाट क्षीरेश्वरनाथ नगरपालिकाका मेयर योगेन्द्र पजियार र डा. शेखर कोइराला समूहबाट दिनेश प्रसाद प्रसैला यादवबीच प्रतिस्पर्धा हुने भएको छ ।

प्रदेश २ संसदीय दलका नेता तथा प्रदेश सरकारका भौतिक पुर्वाधार विकासमन्त्री रामसरोज यादवको प्रस्तावमा पञ्जियारले उम्मेदवारी दिएका छन् ।

उनको उम्मेदवारीलाई वर्तमान सभापति महेशशंकर गिरीले सर्मथन गरेका छन् ।

पार्टीलाई मजबुत बनाउन र अगामी निर्वाचनमा बढी सिट जिताउनका लागि सभापति पदमा उमेदवारी दिएको क्षीरेश्वरनाथ नगरपालिकाका नगर प्रमुख समेत रहेका पजियारले नागरिक मिररसँगको कुराकानीमा बताए ।

उनले भने, ’आफू २०५६ सालदेखि पार्टीमा लागेका हुँदा पञ्जियार नेपाल तरुण दलको जिल्ला उपाध्यक्ष, अध्यक्ष र धनुषा निर्वाचन क्षेत्र नम्बर ४ बाट तीनपटक क्षेत्रीय सभापति रहँदा सबैलाई मैले मिलाएर अगाडी बढेको हुँदा पार्टी नेतृत्वको लागि आफू सक्षम छु ।’

अव्यवस्थित रहेको जिल्लास्थित पार्टी कार्यालयलाई पनि गति दिनलाई मेरो उम्मेदवारी रहेको उनले बताए ।

पार्टी कार्यालयलाई कार्यालय समयसम्म खोल्नेछु र जिल्ला भरीका पार्टीका कुनै साथीको समस्याहरु आए त्यो म आफै समाधान गर्ने र आफु अनुपस्थित रहेको बेला एउटा समिति बनाउँछु त्यो समितिले समस्यालाई समाधान गर्ने कार्य पनि गर्ने भएको हुँदा उम्मेदवारी दिएको नेता पजियारको भनाइ छ ।

साथै पार्टीमा देखिएको गुट उपगुटको राजनीतिलाई पनि अन्त्य गर्ने प्रयास गर्ने पजियारले बताए ।

भिडियोमा सुनौं पजियारको कुरा :

प्रतिक्रिया
नागरिक मिरर